काठमाडौं । प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले १२ सिटमा जित हात पारेको छ ।
१ सय १७ निर्वाचन क्षेत्रकोे अन्तिम मतपरिणाम सावर्जनिक हुदाँ माओवादीले १२ सिटमा जित हात पारेको छहो । ६ स्थानमा भने अग्रता लिएको छ । सत्ता गठबन्धनबाट ४० सिटमा उम्मेदवारी दिएको माओवादीको पक्षमा कमजोर नतिजा देखिएको छ । माओवादीबाट अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु विजयी भइसकेका छन् भने महोत्तरी १ बाट गिगिराजमणि पोखरेल, हुम्लाबाट छिरिङ डम्डुल लामा, नुवाकोट १ बाट हितबहादुर तमाङ,कालिकोटबाट महेन्द्र बहादुर शाही, बारा २ बाट शिवचन्द्र प्रसाद कुशवाहा, सर्लाही २ बाट महिन्द्र राय यादव अग्रस्थानमान रहेका छन् । प्रतिनिधिसभातर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय १७ स्थानको अन्तिम मतपरिणाम सावर्जनिक भएको छ ।
विजयी उम्मेदवारहरु
१) पुष्प कमल दाहाल प्रचन्ड–गोरखा २
२) वर्षमान पुन– रोल्पा
३) जनार्दन शर्मा– रुकुम पश्चिम
४) शक्ति बहादुर वस्नेत– जाजरकोट
५) राम कुमार राई– खोटाङ
६) अमन लाल मोदी– मोरङ ४
७) माधव सापकोटा– सिन्धुपाल्चोक १
८) सुदन किराती– भोजपुर
९) लेख नाथ दाहाल– सिन्धुली २
१०) रेखा शर्मा– दाङ २
११) देवेन्द्र पौडेल– बाग्लुङ २
१२) पूर्ण बहादुर घर्ती मगर– रुकुम पूर्व










