images
images

आयोगको निर्णय आउन ढिलाई, दवाव र तनावमा मुख्य निर्वाचन अधिकृत

  • ९ मंसिर २०७९, शुक्रबार १२:०२

दोलखा । आम निर्वाचन सम्पन्न भएको ६ दिन भएपनि दोलखामा मत गणना अझै सुरु हुन सकेको छैन ।

देशभरको अन्तिम चुनावी नतिजा धमाधम सार्वजनिक भईरहँदा दोलखामा मत गणना सुरु नैं हुन नसकेको हो ।मत गणना सुरु हुन नसक्दा जिल्लामा तनाव बढेको छ भने मुख्य निर्वाचन अधिकृतदेखि जिल्लाका सुरक्षा निकायलाई समेत सुरक्षा व्यवस्थापनमा चुनौती बढ्दै गएको छ । मत गणना नभएकै कारण सदरमुकाम चरिकोटमा दिनहुँ बिरोध प्रदर्शन भईरहेको छ । गठबन्धनका उम्मेदवार मत गणनाको माग गर्दै रिले अनशन बस्नेदेखि मसाल जुलुश र बिरोध प्रदर्शनका कार्यक्रम भइरहेका छन् । नेकपा एमालेले पनि आरोप र धम्किपूर्ण बिज्ञप्ति निकालेर परिस्थितीलाई चर्काइरहेको छ ।

मत गणना नभएपछि मुख्य निर्वाचन अधिकृत सवैभन्दा बढी तनाव र दवावमा परेका छन् । जिल्ला न्यायधिश समेत रहेका मुख्य निर्वाचन अधिकृत बिरुद्ध लगातार नारावाजी र वक्तव्यवाजी भईरहेको छ । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचन आयोगको निर्णय आउन ढिलाई भएका कारण समस्या भएको प्रतिक्रिया दिनुभयो । आयोगको निर्णय कुरेर बसिरहेको र विधि वमोजिम अघि बढ्ने उहाँले बताउनुभयो ।

मत गणना नभएपछि मुख्य निर्वाचन अधिकृत सवैभन्दा बढी तनाव र दवावमा परेका छन् । जिल्ला न्यायधिश समेत रहेका मुख्य निर्वाचन अधिकृत बिरुद्ध लगातार नारावाजी र वक्तव्यवाजी भईरहेको छ । नेकपा एमालेले बुथ कव्जाको घटना हुँदा पनि मुख्य निर्वाचन अधिकृत मौन बसेको आरोप लगाएको छ । गठबन्धनका दलहरुले पनि मुख्य निर्वाचन अधिकृतलाई आरोपित गरेका छन् । एमालेका उम्मेदवारको उजुरीलाई छलफल विनै निर्वाचन आयोग पठाएर मुख्य निर्वाचन अधिकृतले एमालेको डिजाईनमा मत गणना रोकेको गठबन्धनका दलहरुको आरोप छ । गठबन्धनका कार्यकर्ताले मुख्य निर्वाचन अधिकृत बिरुद्ध नारावाजी गर्नुकासाथै जिल्ला छाड्न चेतावनी समेत दिएका छन् ।

नेकपा एमालेवाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका बालकृष्ण शिवाकोटीले जिल्लाका ५ वटा मतदान केन्द्रमा गठबन्धनले बुथ कव्जा गरेको भनेर उजुरी दिएपछि दोलखामा मत गणना हुन सकेको छैन । सो उजुरी उपर निर्वाचन आयोगले छानविन समिति बनाएर छानविन गरिरहे पनि अन्तिम निर्णय आउन बाँकी रहेको छ । मंसिर ४ गते मतदान सकिएर सवै मतपेटिका मतगणना स्थल चरिकोटस्थित गौरीशंकर क्याम्पसमा राखिएको छ । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचन आयोगको निर्णय आउन ढिलाई भएका कारण समस्या भएको प्रतिक्रिया दिनुभयो । आयोगको निर्णय कुरेर बसिरहेको र विधि वमोजिम अघि बढ्ने उहाँले बताउनुभयो । विधि अनुसारको कर्तव्य परिपालना गर्ने आफ्नो जिम्मेवारी भएको भन्दै उहाँले आलोचना र बिरोधले मात्रै समस्याको समाधान नहुने टिप्पणी गर्नुभयो ।