images
images

यी हुन् बागमती प्रदेशबाट प्रतिनिधिसभातर्फ अहिलेसम्म निर्वाचित २७ माननीय

  • ९ मंसिर २०७९, शुक्रबार १६:५७

जिरी (दोलखा) । बागमती प्रदेशमा प्रतिनिधिसभातर्फ २७ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

हालसम्म बागमती प्रदेशमा प्रतिनिधिसभातर्फ २७ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ भने ५ निर्वाचन क्षेत्रमा मतगणना हुँदैछ । हालसम्मको परिणाम अनुसार नेपाली काँग्रेसले सबैभन्दा बढी स्थानमा जित निकालेको छ । प्रतिनिधिसभातर्फ कांग्रेसले बागमती प्रदेशमा ११ स्थानमा जित हात पारेको छ भने दोस्रो स्थान राष्ट्रिय स्वतन्त्र पार्टीले ओगटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशको ७ स्थानमा जित निकाल्दै दोस्रो स्थान कायम गरेको हो । त्यसपछि तेस्रो स्थानमा नेकपा एमाले र चौथो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । बागमती प्रदेशमा प्रतिनिधिसभातर्फ एमालेले अहिलेसम्म ४ निर्वाचन क्षेत्रमा जित निकाल्दा माओवादी केन्द्रले २ निर्वाचन क्षेत्र जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल मञ्जदुर किसान पाटी पनि १/१ स्थानमा विजयी भएको छ । बागमती प्रदेश अन्तर्गत पर्ने दोलखामा भने अझै मत गणना सुरुनै भएको छैन ।

बागमती प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माननीय
नेपाली कांग्रेसबाट
सिन्धुली १ – श्याम कुमार घिमिरे
सिन्धुपाल्चोक २ – मोहन बहादुर बस्नेत
रसुवा १–मोहन आचार्य
भक्तपुर २–दुर्लभ थापा
धादिङ २ –रामनाथ अधिकारी
ललितपुर १–उदयशम्शेर राणा
काठमाडौं १–प्रकाशमान सिंह
काठमाडौं ३–सन्तोष चालिसे
काठमाडौं ४–गगन कुमार थापा
काठमाडौं ५–प्रदिप पौडेल
काठमाडौं १०–राजेन्द्र कुमार केसी
राष्ट्रिय स्वतन्त्र पार्टीबाट
चितवन १–हरि ढकाल
चितवन २– रवि लामिछाने
ललितपुर ३–तोसिमा कार्की
काठमाडौं २–सोविता गौतम
काठमाडौं ६–शिशिर खनाल
काठमाडौं ७–गणेश पराजुली
काठमाडौं ८ –विराजभक्त श्रेष्ठ
नेकपा एमालेबाट
काभ्रेपलाञ्चोक २–गोकुलप्रसाद बास्कोटा
मकवानपुर २–महेश कुमार वर्ताेला
ललितपुर २–प्रेम बहादुर महर्जन
काठमाडौं ९–कृष्ण गोपाल श्रेष्ठ
नेकपा माओवादीबाट
सिन्धुपाल्चोक १– माधव सापकोटा
सिन्धुली २–लेखनाथ दाहाल
नेकपा एकीकृत समाजवादीबाट
धादिङ १–राजेन्द्र पाण्डे
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट
मकवानपुर १–दिपक बहादुर सिंह
नेपाल मञ्जदुर किसान पार्टीबाट
भक्तपुर १–प्रेम सुवाल