images
images

दोलखाबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना

  • ९ मंसिर २०७९, शुक्रबार १६:४९

दोलखा । दोलखाबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस दुर्घटना भएको छ ।

दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको बस सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा दुर्घटना हुदाँ ११ जना घाइते भएका हुन् । आज दिउँसो बा ३ ख १७९५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ दुर्घटना भएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । बसमा ३५ जना सवार थिए । त्यसमध्ये ११ जना घाइते भएको र उनीहरुको बलेफी गाउँपालिकाको खाडीचौरको सिन्धुसदाबहार अस्पतालमा उपचार भइरहेको डिएसपी बुढाथोकीले बताउनुभयो ।