images
images

फेवा तालमा बेपत्ता भएकी रामेछापकी युवती मृत फेला

  • ९ मंसिर २०७९, शुक्रबार १८:१३

काठमाडौँ । पोखराको फेवा तालमा बेपत्ता भएकी रामेछापकी एक युवती मृत फेला परेकी छन् ।

फेवा तालमा डुङ्गामा चढिरहेको अवस्थामा लाइफ ज्याकेट खोली पौडी खेल्ने क्रममा बेपत्ता भएकी रामेछाप घर भएकी २५ वर्षीया अस्मिता खत्री मृत फेला परेकी हुन् । गत आइतबार फेवा तालमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएकी थिइन् । गोताखोरको संयुक्त टोलीले खोजी गर्ने क्रममा आज उनको शव फेला पारेको हो ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।