images
images

पोर्चुगलमा एक नेपालीको आफ्नै साथीले गरे हत्या

  • ९ मंसिर २०८०, शनिबार ०७:३६

पोर्चुगलमा एक जना नेपालीको आफ्नै साथीले हत्या गरेका छन् ।

मदिराले मातेका साथीले छुरा प्रहार गर्दा गम्भिर घाईते भएका पर्वतको कुस्मा नगरपालिका–१३ का ३६ वर्षिय धनबहादुर क्षेत्रीको मृत्यु भएको हो । उनको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिनुभयो । क्षेत्रीलाई उनकै साथी लोकेन्द्र गुरुङले छुरा प्रहार गरेका थिए ।

साथीलाई छुरा प्रहार गरी फरार रहेका गुरुङलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । क्षेत्री र गुरुङ वैदेशिक रोजगारीको सिलसिलामा ८ महिनाअघि पोर्चुगल पुगेको बताइएको छ ।