images
images

चरिकोटमा लाखौं खर्च गरेर बनाएको सिमपानी पार्क बेवारिशे, लेउ र झारले ढाकियो, संरचना तोडफोड

दोलखा । दोलखा सदरमुकाम चरिकोट नजिकै रहेको पर्यटकीय क्षेत्र सिमपानीमा निर्माण गरिएको पोखरी लगायतका पर्यटकीय संरचना साँढे दुई वर्षदेखि बेवारिसे बनेको छ ।

भीमेश्वर नगरपालिकाको लाखौं लगानीमा निर्माण भएको पोखरी लगायतका संरचना भत्किनुका साथै टुटफुट भएर बेवारिसे बन्न पुगेको छ । कुनैवेला सिमपानी क्षेत्रको भ्रमणमा जानेहरु डुँगा चढेर रमाउने गरेको सो स्थान अहिले बेवारिसे बन्न पुगेको हो । सिमपानी पोखरी लेउ र झारले ढाकिएको छ भने वालवालिकाको मनोरञ्जनकालागि पोखरी आसपास राखिएका खेल सामाग्री र कुर्सीहरु टुुटफुट भएका छन् । पर्यटकीय संरचना बेवारिसे बनेपछि पछिल्लो समय सिमपानी क्षेत्रको भ्रमणमा जाने आन्तरिक पर्यटकको संख्या समेत शुन्य प्राय छ ।

सदरमुकाम चरिकोट बजारबाट नजिकै रहेको सिमपानी पोखरी भीमेश्वर नगरपालिकाको ६० लाख बढी बजेट खर्च गरेर निर्माण भएको थियो । स्थानीय थापा समुदायको गैराश्वाँरा समाज सेवा उपभोक्ता समिति र नगरपालिकाले पोखरी लगायतका संरचना निर्माण गरेर सो क्षेत्रलाई पर्यटकीय केन्द्रकोरुपमा विकास गर्न शुरु गरेको थियो । पर्यटकलाई आकर्षित गर्न र सिमपानी क्षेत्रमा चहलपहल बढाउनका लागि २०६९ सालमा पोखरी निर्माण सुरु गरिएकोमा २०७० सालमा निर्माण सम्पन्न भएको थियो ।

दोलखा सदरमुकाम चरिकोट नजिकै रहेको पर्यटकीय क्षेत्र सिमपानीमा निर्माण गरिएको पोखरी लगायतका पर्यटकीय संरचना साँढे दुई वर्षदेखि बेवारिसे बनेको छ । भीमेश्वर नगरपालिकाको लाखौं लगानीमा निर्माण भएको पोखरी लगायतका संरचना भत्किनुका साथै टुटफुट भएर बेवारिसे बन्न पुगेको छ ।सिमपानी पोखरी लेउ र झारले ढाकिएको छ भने वालवालिकाको मनोरञ्जनकालागि पोखरी आसपास राखिएका खेल सामाग्री र कुर्सीहरु टुुटफुट भएका छन् । पर्यटकीय संरचना बेवारिसे बनेपछि पछिल्लो समय सिमपानी क्षेत्रको भ्रमणमा जाने आन्तरिक पर्यटकको संख्या समेत शुन्य प्राय छ ।

परापुर्वक कालदेखि सानो पोखरी रहेको सो स्थानमा नगरपालिकाको आर्थिक सहयोगमा डुंगा चल्ने पोखरी निर्माण गरिएको गैराश्वाँरा समाज सेवा समितिका अध्यक्ष नारायण बहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सिमपानीमा गैराश्वाँरा समाज सेवा समितिको १९ रोपनी जग्गा रहेको छ । सो क्षेत्रलाई ‘पर्यटकीय हव’ बनाउन पोखरी निर्माण गरिएको थियो भने प्लाष्टिकका राता कुुर्सी, फलामका कुर्सिहरु, वालवालिकाकालागि खेल सामाग्री र शारीरिक व्यायाम गर्नका लागि फलामका सामाग्रीहरु राखिएको थियो । तर, ती सामाग्रीहरु अहिले बेवारिसे बनेका छन् । सिमपानी क्षेत्रमा राखिएका कुर्सिहरुमध्ये अधिकांश भाँचिएका छन । पोखरी झारले घेरिएको छ भने त्याँहा चल्ने डुंगा थन्क्याएर राखिएको छ ।

भीमेश्वर नगरपालिका ६ गैराश्वाँराका स्थानीय भरत थापाले ७ लाख रुपैयाँ खर्च गरेर भारतवाट तीन वटा डुँगा ल्याई २०७५ देखि २०७७ सालसम्म सञ्चालन गरेका थिए । उनले पोखरीमा डुँगा चलाए वापत नगरपालिकालाई मासिक ५ हजार रकम तिर्दै आएका थिए । दुई वर्षसम्म डुँगा संचालन गरिए पनि पोखरीमा पानीको अभावको कारण जनाउँदै थापाले डुँगा बन्द गरेका छन् । आफ्नै बारीको मुलको पानी पोखरीमा भर्दा पनि पर्याप्त नभएको र लगानी समेत उठ्ने अवस्था नदेखिए पछि डुँगा चलाउन बन्द गरेको थापाको भनाई छ ।
सिमपानी पोखरमिा डुँगा चलाउन बन्द भएसँगै पोखरी लगायतका संरचनाहरु बेवारिसे बनेका हुन् । भीमेश्वर नगरपालिकाले पोखरीको संरक्षण तथा संचालनमा ध्यान नदिँदा सवै संरचना रुग्ण बन्न पुगेका छन् ।

नगरपालिकाले केही समय अघि सिमपानी पार्क संचालनकालागि आव्हान गर्दै केही समयअघि सूचना जारी गरेको थियो । पोखरी सञ्चालकले नगरपालिकालाई वार्षिक २० हजार रकम तिर्नेगरी जारी गरिएको सूचनामा कसैको पनि आवेदन नपरेको नगरपालिकाका सहायक इन्जिनियर भविन्द्र थापाले जानकारी दिनुभयो ।यता, भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले भने बेवारिसे बनेको सिमपानी क्षेत्रलाई नयाँ पार्कको रुपमा विकसित गर्न डिपिआर निर्माण सुरु भएको बताउनुभयो । 

नगरपालिकाले केही समय अघि सिमपानी पार्क संचालनकालागि आव्हान गर्दै केही समयअघि सूचना जारी गरेको थियो । पोखरी सञ्चालकले नगरपालिकालाई वार्षिक २० हजार रकम तिर्नेगरी जारी गरिएको सूचनामा कसैको पनि आवेदन नपरेको नगरपालिकाका सहायक इन्जिनियर भविन्द्र थापाले जानकारी दिनुभयो ।
यता, भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले भने बेवारिसे बनेको सिमपानी क्षेत्रलाई नयाँ पार्कको रुपमा विकसित गर्न डिपिआर निर्माण सुरु भएको बताउनुभयो । सिमपानी क्षेत्रलाई व्यवस्थित पार्ककोरुपमा विकास गर्न  डिपिआर तयार पार्ने र पूर्वाधार निर्माणकालागि अन्य निकायको समेत सहयोग मागिने मानन्धरले बताउनुभयो ।