काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो । सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि एकैपटक सुनको भाउमा व्यापक गिरावट आएको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो ।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। सो समयमा सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोवार भएको थियो।