images
images

मानव तस्करी प्रकरणमा मुछिएका एमालेका पूर्वमन्त्री अधिकारी रिहा

  • १० मंसिर २०८१, सोमबार २०:१०

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वमन्त्री अधिकारीलाई मुद्धा नचलाउने निर्णय सँगै उनी आजै रिहा भएका हुन् । जिल्ला सरकारी वकिल कार्यालयले मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि पर्याप्त आधार र प्रमाण नदेखिएको जनाउँदै मुद्धा नचलाउने निर्णय गरेको हो ।

रिहाई पछि उनलाई श्रीमतीको जिम्मा लगाइएको छ ।