images
images

आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीहरुले भव्यताका साथ मनाइँदै

  • १० पुष २०७९, आईतवार ०६:४१

काठमाडौं । आज क्रिसमस दिवस मुलुकभर भव्यताका साथ मनाइँदैछ ।

यशुको जन्मोत्सव क्रिसमको उपलक्ष्यमा नेपाली इसाईहरुले पनि आज क्रिसमस दिवस भव्यरुपमा मनाउँदैछन् । प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभर क्रिश्चियन धर्मालम्बीले मनाउने गर्दछन् । आज भन्दा २ हजार २२ वर्षअघि युशुको जन्म भएको अवसमा क्रिसमस दिवस मनाइएको राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका अध्यक्ष्म सिबी गहतराजले जानकारी दिनुभयो । उहाँका अनुसार मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रुपमा मनाउने गरेका छन् । नेपालमा हाल १३ हजार चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मालम्बी रहेका छन् । दिवसको अवसरमा सरकारले यो वर्ष सबैलाई सार्वजनिक विदा समेत दिएको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मालम्बीको पर्व क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै चाडपर्वको माध्यमबाट सहिष्णुता र एकताको भावना अभिवृद्धि हुने बताउनुभएको छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमसले सबै नेपालीबिच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा मिल्ने बताउनुभएको छ ।