images
images

सिन्धुलीका एक युवकको पानी ट्याङकर दुर्घटनामा परी मृत्यु

  • १० पुष २०७९, आईतवार ०८:३२

काठमाडौं । काठमाडौंमा पानी ट्याङकर दुर्घटनामा परी सिन्धुलीका एक युवकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

सिन्धुलीका २१ वर्षिय रविन वाइबाको पानी ट्याकंर दुर्घटनामा परी मृत्यु भएको हो । हिजो साँझ काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर २ इँटाभट्टामा बा ३ ख ६६५६ नम्बरको पानी ट्याकंर दुर्घटना हुदाँ वाइबा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका दुई जनाको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।