images
images

टुट्यो गठबन्धन, प्रचण्ड बालकोटतिर

  • १० पुष २०७९, आईतवार १३:३७

काठमाडौ. । नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेससँग कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोटतिर लागेका छन्।

बालुवारमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको वार्तामा सहमति नजुटेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेका हुन्।देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नमानेपछि दुई दलको वार्ता निष्कर्षविहीन भएको थियो। त्यसपछि प्रचण्ड दोस्रो तहका नेताहरुलाई बालुवाटारमै छाडेर बालकोटका लागि निस्किएका हुन्। बालकोट स्रोतका अनुसार प्रचण्डले आफू आउँदै गरेको खबर सचिवालयमा पठाइसकेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली पनि अन्य कार्यक्रम स्थगित गरेर प्रचण्डसँग संवादका लागि बालकोटमै बसिरहेका छन्। ओलीले यसअघि शीतल निवास र संसद भवनमा भएको सार्वजनिक भेटकै क्रममा प्रचण्डलाई पहिलो कार्यकाल नै प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेका छन्।

यस्तै,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको बताउनुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको गठबन्धनको बैठकपछि उहाँले यस्तो बताउनुभएको हो । गठबन्धनमा सहमति हुन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अब गठबन्धनको औचित्य सकिएको भन्दै बालुवाटारबाट बाहिरिनुभएको थियो ।