images
images

गठबन्धन तोडिएपछि बालकोटमा नेताहरुको लर्को

  • १० पुष २०७९, आईतवार १४:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा नेताहरुको लर्को लागेको छ ।

नयाँ सरकार निर्माणका लागि भन्दै शिर्षस्थ नेताहरु बालकोटमा जान थालेका हुन् । नेपाली कांग्रेससँग कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बालकोट जाने तयारीमा हुनुहुन्छ भने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटमा पुग्नुभएको छ । सत्ता गठबन्धनमा सरकार गठन गर्न सहमति नबनेपछि नेताहरु एमाले अध्यक्ष ओलीसँग वार्ताका लागि बालकोट पुगेका हुन् ।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि ओलीसँग छलफल गर्न बालकोट पुग्नुभएको थियो । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले साँझ ५ बजेसम्मको समय दिनुभएको छ । सोही कारण दलहरुले अन्तिम समयमा आएर छलफललाई तिव्र बनाएका छन् ।