images
images

प्रचण्डको नेतृत्वमा सरकार बनाउने बालकोट बैठकको निर्णय

  • १० पुष २०७९, आईतवार १५:४९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा सो सहमति भएको हो ।१ सय ६६ सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत पेश गर्दै राष्ट्रपति समक्ष शीर्ष नेताहरुले सरकार गठनको दाबी पेश गर्न जाँदैछन् । वार्तामा सहभागी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिले दिएको समयसीमाभित्र एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रधानमन्त्रीमा प्रचण्डको नाम पेश गरिने बताउनुभयो ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद रहेका छन् । प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद गरी १ सय ६६ सांसदको समर्थनमा सहमति जुटेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पत्र बोकेर नेताहरु शीतल निवास जाने भएका छन् । सत्ता गठबन्धन भत्किएसँगै एमालेको अग्रसरतामा बहुमत जुटाएर प्रचण्ड प्रधानमन्त्री बन्ने एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सहमति जुटेको हो ।

यसैबिच, नेकपा एमाले र माओवादी केन्द्रबिच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ ।माओवादी केन्द्र, कांग्रेसको नेतृत्व छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको बैठकमा आलोपालो प्रधानमन्त्रीको सहमति भएको हो ।