images
images

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने

  • १० पुष २०७९, आईतवार १६:३२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ ।

बालकोट बैठकबाट रास्पाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । बैठकले सरकारलाई समर्थन गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । पार्टी सरकारमा जाने करिब सहमती भएको उहाँको भनाई छ । तर, अब मन्त्रालयको विषयमा भने टुंगो लगाउन बाँकी छ । मन्त्रालयको विषयमा भोलिसम्म टुंगो लगाउने प्रवक्ता ढकालले बताउनुभयो ।