images
images

गठबन्धन टुटेपछि सुदुरपश्चिम बाहेक कांग्रेसले सवै सरकार गुमाउँदै

  • १० पुष २०७९, आईतवार १६:३३

काठमाडौं । नेपाली कांग्रेसले गठबन्धन टुटेपछि सुदुरपश्चिम बाहेक सबै सरकार गुमाउने भएको छ ।

गठबन्धन टुटेर नयाँ सत्ता समिकरण बनेपछि कांग्रेसले सुदुरपश्चिम बाहेक सबै प्रदेशमा सरकार गुमाउने भएको हो । प्रदेश १ को सवैभन्दा ठुलो दल नेकपा एमालेलाई सरकार बनाउन ७ सिटको कमी थियो । तर माओवादी केन्द्रसँग २३ सिट भएकाले सजिलै बहुमत पुग्ने भएको छ भने यो प्रदेशका कांग्रेस प्रतिपक्षमा बस्नुपर्नेछ । मधेश प्रदशमा एमाले, माओवादी, जसपा र जनमत पार्टी मिलेर सरकार बन्नेछ । बागमती प्रदेशमा राप्रपाको साथ पाए एमाले नेतृत्वकै गठबन्धनले सरकार बनाउनेछ । १ सय १० सदस्यीय प्रदेशसभामा एमालेसँग २७ र माओवादीसँग २१ सिट छ । १३ सिटको राप्रपाको साथ पाएमा सरकार बन्नेछ ।

गण्डकीमा पनि राप्रपाको साथ पाउँदा कांग्रेस इतरको सरकार बन्नेछ । गण्डकीमा एमालेसँग २२ र माओवादीसँग ८ सिट छ भने राप्रपासँग २ सिट भएकाले बहुमत पुग्नेछ । लुम्बिनीमा पन राप्रपाको साथ पाउँदा सरकार बन्नेछ भने कर्णालीमा एमाले र माओवादी मिल्दा मात्रै सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने देखिएको छ । सुदुरपश्चिममा भने नागरिक उन्मुक्ति पाटीृ निर्णँयक छ । ७ सिटको नागरिक उन्मुक्तिले जता साथ दिन्छ, उतै सरकार बन्नेछ । ५३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १० सिट मात्रै रहेको छ ।