images
images

नेकपा एकिकृत समाजवादी सरकारबारे पर्ख र हेरको नितिमा

  • १० पुष २०७९, आईतवार १८:१०

काठमाडौं । नेकपा एकिकृत समाजवादीले सरकारबारे पर्ख र हेरको निति लिएको छ ।

नेकपा एसको आज बसेको सचिवालय बैठकले सरकारमा सहभागीताबारे अहिले नै निर्णय नगर्ने निर्णय गरेको हो । बैठकले पुर्व सहमति छोडेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहंकार देखाएको निश्कर्ष निकालेको छ । बैठकमा नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई पहिलो पटक प्रधानमन्त्री बनाउने सहमति तोडेर कांग्रेस अहंकार देखाएको बताएका हुन् । सत्ता गठबन्धन टुटेपछि नेकपा एकिकृत समाजवादी अलमलमा देखिएको छ । एमाले माओवादी सहितमको नयाँ सरकार गठन प्रक्रियामा सहभागी नभएको एकिकृत समाजवादी आगामी यात्राबार अलमलमा देखिएको हो ।

अकस्मात राजनितिक घटनाक्रम फेरिएपछि पार्टीको केन्द्रिय सचिवालय बैठकमा समग्र अवस्थाबारे छलफल भएको थियो । बैठकले परिस्थितिको सुक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरी ध्यानमा राखेर अघि बढ्ने निर्णय भएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिनुभयो । एकिकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ भने थ्रेस होल्ड नकटाउँदा राष्ट्रिय पार्टी बनेको छैन । माओवादीसँगै समाजवादी एमालेसँग सहकार्य गर्न तयार नहुँदा एक्लिएको हो ।