काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संस्था लिमिटेड (नेफ्सकून) को अध्यक्षमा चन्द्र प्रसाद ढकाल विजयी भएका छन् ।
नेफ्सकूनको ३२ औं वार्षिक साधारणसभा अन्तर्गत हिजो भएको निर्वाचनमा निवर्तमान अध्यक्ष परितोष पौड्याललाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । ढकालले एक हजार एक सय ९६ मत प्राप्त गर्दा पौड्यालले एक हजार १९ मत ल्याएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ती अधिकारी, महासचिवमा घनश्याम अधिकारी, कोषाध्यक्षमा दीपक थापा विजयी भएका छन् । बरिष्ठ उपाध्यक्षमा देवकी नेपाल, महिला उपाध्यक्षमा गोमा नेपाल सापकोटा, महसचिवमा केशव प्रसाद पोखरेल र सन्दीप सापकोटा र कोषाध्यक्षमा दोलखाका जिवसराज खड्का प्रतिस्पर्धामा थिए ।
यसैगरी सञ्चालक महिलामा सीता ढकाल पौडेल, मन्दर मिश्र र कमला देवी गिरी निर्वाचित भएका छन् । प्रदेश सञ्चालकहरुमा कोशी प्रदेश संचालकमा लक्ष्मी सापकोटा, मधेश प्रदेश सञ्चालकमा सोभा कुमारी राउत, बागमती प्रदेश सञ्चालकमा खेम राज सुवेदी, गण्डकी प्रदेश सञ्चालकमा गोपाल प्रसाद गौतम, लुम्बीनी प्रदेश सञ्चालकमा ज्ञान पौड्याल, कर्णाली प्रदेश सञ्चालकमा विर बहादुर रावत भोटे र सुदुरपश्चिम प्रदेश सञ्चालकमा दिप्ती शाही विजयी भएका छन् ।
सञ्चालक खुल्लामा नवराज अर्याल, देव कुमार श्रेष्ठ, शुसिल कुमार बस्न्यात, शालिकराम ढकाल चयन भएका छन् । लेखा सुपरिवेक्षण समितिमा इन्द्रराज ज्योति पौडेल संयोजक रहेको हेमराज विष्ट र दुर्गा तिवारी संजेलको टिम बनेको छ ।










