images
images

रुसी सेनामा पठाएको आरोपमा ओखलढुंगाका दम्पत्ति सहित चार जनाविरुद्ध मुद्दा दर्ता

  • ९ पुष २०८०, सोमबार १५:३९

काठमाडौँ । नेपाली नागरिकलाई रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा ओखलढुंगाका दुईसहित चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा पठाएको फाइलअनुसार काठमाडौं जिल्ला अदालतमा ४ जना विरुद्ध मुद्दा दर्ता भएको हो । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ की २५ वर्षीया सुजता दाहाल, उनका श्रीमान तथा युजिन मल्टिपर्पाेज कन्सल्टेन्सीका सञ्चालक सुमनकुमार लिम्बू, कन्सल्टेन्सीका कर्मचारी बाराका २४ वर्षीय सन्तोष नेपाल र अर्का कर्मचारी नवलपरासीका २१ वर्षीय दीपेश अधिकारीविरुद्ध मुद्दा दर्ता भएको हो । उनीहरुविरुद्ध २ वटा फरक–फरक ठगीका मुद्दा दायर भएका हुन् । यो समूहले भिजिट भिसामा दुबै हुँदै रुस पु¥याएर रुसी सेनामा भर्ना गराउने गरेको प्रहरीले जनाएको छ । साथै काठमाडौंबाट भारत लगेर त्यहाँबाट तेस्रो मुलुक हुँदै पनि रुसी सेनामा भर्ना गराउने गरेको खुलासा भएको छ ।