
काठमाडौं । आज क्रिसमस पर्व देशभर भव्यताका साथ मनाइँदैछ ।
यशुको जन्मोत्सव क्रिसमसको उपलक्ष्यमा नेपाली इसाईहरुले पनि आज क्रिसमस दिवस भव्यरुपमा मनाउँदैछन् । प्रत्येक वर्षको डिसेम्बर २५ तारिखका दिन विश्वभर क्रिश्चियन धर्मालम्बीले यो पर्व मनाउने गर्दछन् । आजभन्दा दुई हजार वर्षअघि डिसेम्बर २५ तारिखाका दिन येशु ख्रीष्टको जम्म इजरालयलको वेथलेहेमा भएको थियो ।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराज बताउनु हुन्छ । यशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् ।
नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेका छन् भने १५ हजार भन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले जनाएको छ । नेपालमा १३ वटा सम्प्रदायका चर्च रहेको छ । नेपालमा क्रिममस डे भने विसं २०६३ पछि मनाउँन थालिएको हो । सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ ।