images
images

दोलखाका स्थानीय तहका ४३ जना कर्मचारीमा कोरोना संक्रमण, ४ गाउँपालिकाको सेवा बन्द

  • १२ माघ २०७८, बुधबार ०२:४०

जिरी (दोलखा) ।  दोलखामा तेस्रो लहरको कोरोना महामारी फैलिए यता जिल्लाको विभिन्न पालिकामा कार्यरत ४३ जना कर्मचारी कोरोना संक्रमित भएका छन् ।

तेस्रो लहर फैलिएको यो अवधिमा हालसम्म जिल्लाको जिरी नगरपालिका, भीमेश्वर नगरपालिका, तामाकोशी, विगु र शैलुङ गाउँपालिकाका गरी ४३ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो । जसमा प्रमुख प्रशासकीय अधिकृत देखि विभिन्न फाँटका कर्मचारी कोरोना संक्रमित हुन पुगेका हुन् । तेस्रो लहरको कोरोना महामारी अन्र्तगत सबै भन्दा बढी शैलुङ गाउँपालिकामा कार्यरत १६ जना कर्मचारी संक्रमित भएका छन् । तीमध्य ४ जना निको भएर काममा फर्किसकेको पालिकाका स्वास्थ्य अहेव विष्णु कार्कीले जानकारी दिनुभयो । पालिकामै काम गर्ने क्रममा ज्वरो, रुघाखोकी लगायतका लक्षण देखिएपछि कोरोना परिक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको थियो । उहाँका अनुसार स्वास्थ्य, योजना र प्राविधिक बाहेक सबै शाखाका कर्मचारीमा कोरोना पुष्टि भएको थियो । यस्तै, जिरी नगरपालिकामा नगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव दाहाल सहित ७ जना कर्मचारी कोरोना संक्रमित भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत देखि विभिन्न फाँटका कर्मचारी कोरोना संक्रमित हुन पुगेका हुन् । तेस्रो लहरको कोरोना महामारी अन्र्तगत सबै भन्दा बढी शैलुङ गाउँपालिकामा कार्यरत १६ जना कर्मचारी संक्रमित भएका छन् । तीमध्य ४ जना निको भएर काममा फर्किसकेको पालिकाका स्वास्थ्य अहेव विष्णु कार्कीले जानकारी दिनुभयो ।

यसैगरी, जिल्लाको तामाकोशी गाउँपालिकाका १२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पालिकामा कार्यरत कर्मचारीमा ज्वरो, रुघाखोकी लगायतका लक्षण देखिएपछि एन्टिजेन परिक्षण गरिएकोमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमित १२ जना कर्मचारीमध्य ४ जना निको भइसकेको गाउँपालिकाका स्वास्थ्य संंयोजक अरुण मिश्रले बताउनुभयो । उहाँका अनुसार हाल पालिकाका ८ जना सक्रिय संक्रमित कर्मचारी रहेका छन् ।

यसैगरी, भीमेश्वर नगरपालिकामा कार्यरत ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको थियो भने हाल एक जना कर्मचारी मात्रै सक्रिय संक्रमित रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जिल्लाको कालिञ्चोक गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत नवराज ओली सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालिकामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण हुने क्रम बढ्दै गएपछि हालसम्म चार वटा पालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरेका छन् । विगु गाउँपालिकाले पनि सुचना जारी गर्दै आजदेखि माघ १४ गतेसम्म पालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जानकारी गराएको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ईश्वरकुमार खड्काले विगुमा केहि जनप्रतिनिधि र पालिकामा कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिनुभयो । यसअघि कालिञ्चोक, तामाकोशी र शैलुङ गाउँपालिकाले सेवा बन्द गरेका थिए ।

जनप्रतिनिधि पनि संक्रमित

यसैबीच, यो अवधिमा दोलखाको चार स्थानीय तहका ४ जना जनप्रतिनिधि कोरोना संक्रमित भएका छन् । जिल्लाको जिरी नगरपालिका, शैलुङ, विगु तथा तामाकोशी गाउँपालिकामा एक/एक जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठर खड्का र जिरी, शैलुङ र तामाकोशी गाउँपालिकामा एक/एक जना वडाध्यक्षमा कोरोना पुष्टि भएको छ ।

तामाकोशी गाउँपालिकाका संक्रमित वडाध्यक्ष भने निको भइसकेका छन् । जिरीमा वडा १ का अध्यक्ष लाक्पा शेर्पा र तामाकोशीमा वडा १ का अध्यक्ष महेश्वर काफ्लेलाई कोरोना पुष्टि भएको हो।