images
images

बागमती प्रदेश सभाकी सांसद हिमाली गोले भन्नुहुन्छ, ‘गोप्य मतदान अधिकृतले हेर्न मिल्छ ?’

  • १२ माघ २०७८, बुधबार ०८:४९

हेटौंडा । राष्ट्रिय सभा निर्वाचनकालागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको मतदानमा नेकपा माओवादी केन्द्रकी सांसद हिमाली गोलेले तस्वीर खिचेपछि विवाद भएको समाचार सार्वजनिक भएपनि सांसद गोलेले आफुले तस्वीर नखिचेको दावी गर्नुभएको छ ।

सांसद गोलेले गोप्य मतदानमा आफुले तस्वीर नखिचेको भन्दै गलत प्रचार गरिएको दावी गर्नुभयो । हाम्रो अपडेटसँग कुराकानी गर्दै सांसद गोलेले सांसदले गोप्य मतदान गरिरहेको अवस्थामा चियोचर्चो गर्ने निर्वाचन अधिकृतको नियत गलत रहेको आरोप लगाउनुभयो । ‘गोप्य मतदान गरिरहेको स्थानमा गएर हेर्न मिल्छ ?’ सांसद गोलेले भन्नुभयो, ‘निर्वाचन अधिकृतलाई गोप्य मतदान भईरहेको स्थानमा गएर हेर्ने अधिकार छैन । उहाँले आचारंसहिता उल्लघंन गर्नुभएको छ ।’ आफुले गोप्य मतदानको तस्वीर नखिचेको दावी गर्दै सांसद गोलेले गलत प्रचार गरिएको जिकिर गर्नुभयो । पानी परेका कारण मतदानस्थलमा मोवाईल लगेपनि त्यसको गलत प्रयोग नगरेको सांसद गोलेको भनाई छ ।

राष्ट्रिय सभा निर्वाचनकालागि हेटौंडा–८ स्थित औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा भएको मतदानका क्रममा सांसद गोलेले आफुले मतदान गरेको तस्वीर आफैंले खिचेको भन्दै केहीवेर तनाव भएको थियो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले सांसद गोलेलाई तस्वीर नखिच्न र खिचेको तस्वीर हटाउन भनेपछि विवाद भएको थियो । वादविवादका क्रममा मुख्य निर्वाचन अधिकृत श्रेष्ठले आफूले बनाएको कानून आफैंले उल्लघंन नगर्न भनेका थिए भने प्रदेशसभा सदस्यहरुले अपराध गरेजस्तो व्यवहार गरेको भन्दै प्रतिवाद गरेका थिए । विहान ९ बजेवाट मतदान सुरु हुने भनिएपनि पानी परेका कारण मतदान प्रक्रिया करिव ४० मिनेट ढिलोगरी सुरु भएके थियो । सोही बेला तस्वीर खिचेको विषयमा विवाद भएछि केहीवेर मतदान नैं रोकिएको थियो ।

नेतृ गोलेलाई नेकपा माओवादी केन्द्रले दोलखावाट समानुपातिक कोटामा सांसद बनाएको थियो । विगतमा नेकपामै रहेका उनका श्रीमान् तत्कालिन वाईसिएलका नेता सुमन लामा एमालेमा सक्रिय भएर रामेछापमा राजनीति गरिरहेका कारण सांसद गोललाई बेलावखत शंकाको दृष्टिले हेर्ने गरिएको छ ।