images
images

बागमती प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

  • १२ माघ २०७८, बुधबार ११:५७

हेटौँडा । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा दुवै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

आज भएको निर्वाचनबाट सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी महिलातर्फ गोमादेवी तिमल्सिना र अन्यतर्फ कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । स्थानिय तहतर्फ २ सय ३७ र प्रदेशसभातर्फ १ सय ६ गरी कुल ३ सय ४३ मत खसेकोमा तिमल्सिनाले स्थानिय तहबाट १ सय १६ र प्रदेशबाट ५७ मत प्राप्त गरेकी थिइन् भने उनको निकतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेकी थिइन् । यस्तै नेमकिपाका महिला उम्मेदवार गीता काफ्लेले १ सय ३२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी अन्यतर्फ गठबन्धनबाट विजयी पौडेलले स्थानिय तहतर्फ १ सय १७ र प्रदेशतर्फ ५६ मत प्राप्त गर्दा एमालेका उम्मेदवार गोपाल शाक्यले स्थानिय तर्फ १ सय १६ र प्रदेशतर्फ ४७ मत पाएका छन् भने अन्यमा कृष्ण बहादुर तमाङले १ सय ३२ मतभार पाएका छन् । निर्वाचनमा ३ सय ४६ मतदातामा ३ जना अनुपस्थित रहेका थिए ।