images
images

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पुजा आराधना गरी मनाइँदै

  • १२ माघ २०७९, बिहीबार ०६:४६

काठमाडौं । आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पुजा आराधना गरी मनाइँदै छ ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पुजा आराधना गरी आज मुलुकभर मनाइँदैछ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनका वस्तु कलम, कापी, कुची र वाद्यायन्त्र आदिलाई सरस्वतीका रुपमा पुजा आराधना गर्ने गर्दन् । सुर्य उत्तरतिर लाग्ने भएकाले दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ ।

आज विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलबिवाह जस्त सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ भने बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ । विद्यालय नपठाएका साना बालबालकालाई आजकै दिनदेखि अक्षराम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।