images
images

बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा नेपाल नियुक्त

  • १२ माघ २०७९, बिहीबार १८:३३

हेटौंडा । बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् ।

मुख्यमन्त्री सालिकराम जम्मकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्य न्यायधिवक्ता नेपाललाई नियुक्त गर्नुभएको हो । नेपाललाई प्रदेश प्रमुख शर्माले नेपालको संविधानको १ सय ६० को उपधारा २ बमोजिम मुख्य न्यायधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईले जानकारी दिनुभयो ।सिन्धुपाल्चाकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ स्थायी घर भएका नेपाल लामो समयदेखि काठमाडौं केन्द्रित भएर कानुन व्यवसायीको रुपमा कार्यरत रहेका थिए ।

द्धन्द्धकालदेखि माओवादी केन्द्रमा रहेर उनले पार्टीको संगठन विस्तारमा योगदान गर्दै आएका छन् ।