images
images

सडकमा गुड्दागुड्दै बस भासिएपछि….

  • १२ माघ २०८०, शुक्रबार १३:२६

काठमाडौँ । काठमाडौँको मुख्य सडक नयाँ बानेश्वर चोकमा गुड्दागुड्दैको बस सडकमा भासिएको छ ।

कोटेश्वरबाट रात्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस आज सडकमा भासिएको ट्राफिक प्रहरीले जनाएको हो । सर्भिस लेनतर्फको सडक भासिएपछि बसको टायर सडकमै भासिएको थियो । नयाँ बानेश्वरस्थित इन्द्रेणी नजिकै गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरु आत्तिँदै ओर्लिएको स्थानीयले बताएका छन् । बसको चक्का फसेकाले क्रेन मगाएर हटाउने तयारी भइरहेको छ । सो सडकखण्ड यसअघि पनि पटकपटक भासिएको थियो ।