images
images

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई १ करोड धरौटी तोकियो

  • १३ माघ २०८१, आईतवार १८:४२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्री पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देहीको सुप्रिम सहकारी ठगीको प्रकरणमा एक करोड धरौटी तोकिएको छ ।

जिल्ला अदालत रुपन्देहीले सहकारी ठगीको आरोपमा लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो । बुटलस्थित सुप्रिम सहकारीका बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लाछिानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको छ । तत्काल प्राप्त प्रमाणले उनलाई निर्दोष मान्न नमिल्ने भन्दै न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

यसअघि सहकारी ठगीकै अभियोगमा लामिछानेसँग कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौँँ जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने अवसर दिएका थिए । कास्की, काठमाडौँँ र रुपन्देहीको गरी लामिछानेको धरौटी रकम २ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

अब लामिछाने विरुद्ध चितवन र पर्सा जिल्ला अदालतमा त्याहाँका २ वटा सहकारी ठगी प्रकरणमा मुद्दा चलाईनेछ ।