दोलखा । चरिकोटमा हातखुट्टा बाँधेर हत्या गरिएको अवस्थामा भेटिएको शव भीमेश्वर नगरपालिका वडा नम्बर २ का साबेल तामाङको भएको पुष्टि भएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित जलदेवी मन्दिर नजिकै भालुखोलाको तल खोँचमा हातखुट्टा बाँधिएको र मुखमा पट्टी बाँधेर हत्या गरिएको अवस्थामा फेला परेको शव वडा नम्बर २ फुलापाका किसिङ तमाङका छोरा २० वर्षिय साबेल तमाङको भएको पुष्टि भएको हो । मृतक तमाङका बुबाआमा आज विहान काठमाडौंको टिचिङ अस्पतालमा पुगेर शवको पहिचान गरेका हुन् । हिजो दिउँसो मिडियामा तमाङको तस्विर सार्वजनिक भएपछि आफन्त भएको दावि गर्दै टिचिङ पुगेका आफन्तजनले उनको पहिचान गरेका छन् । फागुन २ गतेसम्म चरिकोट बसपार्कमा रहेकी आफ्नै हजुरआमा सानु तमाङको सम्पर्कमा रहेका उनी त्यसपछि परिवारको सम्पर्कमा नभएको पाइएको छ । मृतक तमाङ पढाई छोडेर दशैंदेखि काठमाडौंमा आमाकोमा नगई हजुरआमाकोमा बस्दै आएका थिए ।
चरिकोटमा हातखुट्टा बाँधेर हत्या गरिएको अवस्थामा भेटिएको शव भीमेश्वर नगरपालिका वडा नम्बर २ का साबेल तामाङको भएको पुष्टि भएको छ । मृतक तमाङका बुबाआमा आज विहान काठमाडौंको टिचिङ अस्पतालमा पुगेर शवको पहिचान गरेका हुन् । पारीवारीक बेमेलका कारण बुमाआमा अलग–अलग बस्न थालेपछि उनी आफुखुसी बस्न थालेका थिए । त्यसकारण पनि उनको कहिले र कसरी हत्या भयो भन्ने विषय खुल्न नसकेको उनको पारिवारीक स्रोतले बताएको छ ।
उनको आमा काठमाडौंमा, बुबा फुलापामा र हजुरआमा चरिकोट बसपार्कमा बस्ने गर्दछन् । पारीवारीक बेमेलका कारण बुबाआमाअलग–अलग बस्न थालेपछि उनी आफुखुसी बस्न थालेका थिए । त्यसकारण पनि उनको कहिले र कसरी हत्या भयो भन्ने विषय खुल्न नसकेको उनको पारिवारीक स्रोतले बताएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडासदस्य एवम् मृतक तमाङका आफन्त निर बहादुर तमाङले उनी ठाउँठाउँमा बस्ने भएकाले उनको कहिले मृत्यु भयो भन्ने पत्ता लाग्न नसकेको बताउनुभयो । उनको शव हिजो दिउँसो प्रहरीले चरिकोटस्थित भालुखोलाको खोँचमा सडकको करिव सय मिटर तल खाल्डो खनेर आधा शरीर गाडेको अवस्थामा फेला पारेको थियो । शव गलिसकेकाले सुरक्षित गर्न भन्दै दोलखा प्रहरीले उनको शव काठमाडौंको टिचिङ अस्पतालमा पठाएको थियो ।
उनको करिव १०, १२ दिन अघि नै हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । हिजो दिउँसो स्थानीय बालवालिका बाँदर धपाउन जानेक्रममा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।