images
images

रामेछापको उमाकुण्ड गाउँपालिकाका निमित्त प्रमुख यौनकाण्डमा मुछिए, प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या

जिरी (दोलखा) । रामेछापको उमाकुण्ड गाउँपालिकामा कर्मचारीबिचको द्धन्द्ध र लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको दैनिक प्रशासनिक तथा विकास निर्माणका काम सँचालनमा समस्या भएको छ ।

धमाधम विकास निर्माणका योजनाहरुको काम सम्पन्न गरी भुक्तानी दिने बेला केही कर्मचारीहरुबीचको द्धन्द्ध र प्रमुख प्रशासकीय अधिकृत नहुदा समस्या भएको हो । गत माघ महिनामा कर्मचारीको दैनिक भ्रमण भत्ता, गाडी मर्मतको रकम, इन्धन र अन्य विकास निर्माणको योजना लगायत रकमको हिसावमा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा र लेखापाल राजन गुरागाईबीच विवाद भएको थियो । पालिकामा कार्यरत कर्मचारीहरुले आफुहरुले पाउनु पर्ने रकम लेखापाल समक्षमाग गरेका थिए । सोही मागको आधारमा लेखापाल गुरागाईले चेक काटेको विषयलाई लिएर पैकरा र गुरागाईबीच विवाद हुँदा लेखापालले चेक च्यातेर फालेका थिए । सो विषयमा पालिकाकी उपाध्यक्ष उर्मिला कार्की बस्नेतले पनि आपत्ति जनाएकी थिईन् । उमाकुण्डमा यसअघि रहेका लेखा अधिकृत गणेश घिमिरे रामेछाप नगरपालिकामा सरुवा भएर गएपछि गोकुलगंगा गाउँपालिकामा रहेका गुरागाईले उमाकुण्डमा गएर लेखा हेर्दे आएका थिए ।

रामेछापको उमाकुण्ड गाउँपालिकामा कर्मचारीबिचको द्धन्द्ध र लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको दैनिक प्रशासनिक तथा विकास निर्माणका काम सँचालनमा समस्या भएको छ । स्वास्थ्य शाखा प्रमुखलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर काम गर्दै आएको पालिकामा जिम्मेवार कर्मचारी नभएपछि गोकुलगंगाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद सुवेदी र उमाकुण्डबाट फर्किएर आएका लेखा अधिकृत राजनप्रसाद गुरागाईकै सहायता लिएर काम गरिरहेको उमाकुण्ड गाउँपालिकाको कार्यालयले जनाएको छ ।

गोकुलगंगा गाउँपालिकाका लेखापाल गुरागाईलाई उमाकुण्ड गाउँपालिकाको समेत काम गर्ने गरी कोष तथा लेखा नियन्त्रण कार्यालय रामेछापले जिम्मेवारी दिएर पठाएको थियो । तर, निमित्त प्रमुख प्रशासकीय अधिकृतसँग विवाद भएपछि पालिकामा काम गर्न नसक्ने भन्दै उनी गोकुगंगामै फर्किएका थिए भने निमित्त प्रमुख प्रशासकीय अधिकृत पैकरा पनि विदामा काठमाण्डौ गएका थिए । सो विवाद लगत्तै पैकराले पालिकाकै स्वास्थ्य शाखामा कार्यरत अनमी कर्मचारीलाइ जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेको थियो । तिहारमा विदामा गएदेखि ती महिला कर्मचारी भने हालसम्म पालिकामा हाजिर भएकी छैनन् । जबरजस्ती करणीको वास्तविक कुरा नआएसम्म पैकरालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट हटाइएको पालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले बताउनुभयो । तर, उनलाई सो पदबाट हटाइएपनि स्वास्थ्यशाखा प्रमुखको जिम्मेवारीबाट भने नहटाइएको उहाँले बताउनुभयो । अहिले छिमेकी पालिका गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले उमाकुण्ड गाउँपालिकामा समन्वय गरेर काम गरिरहेका छन् ।

स्वास्थ्य शाखा प्रमुखलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर काम गर्दै आएको पालिकामा जिम्मेवार कर्मचारी नभएपछि गोकुलगंगाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद सुवेदी र उमाकुण्डबाट फर्किएर आएका लेखा अधिकृत राजनप्रसाद गुरागाईकै सहायता लिएर काम गरिरहेको उमाकुण्ड गाउँपालिकाको कार्यालयले जनाएको छ । अहिले प्रमुख प्रशासकीय अधिकृत सुवेदी र लेखापाल गुरागाईले दुई वटा पालिकाको काम गरिहेका छन् । गोकुलगंगा गाउँपालिकामा आउनु अघि सुवेदी उमाकुण्डको प्रमुख प्रशासकीय अधिकृत थिए । उनी गोकुलगंगामा सरुवा भएर आएपछि रिक्त रहेको सो पदमा स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुमार पैकरालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।