images
images

बागमती प्रदेशमा कर्मचारी सम्बन्धी विधेयकमा सहमति जुटाउन विशेष समिति गठन

  • १४ फाल्गुन २०७९, आईतवार ०८:०५

हेटौंडा । बागमती प्रदेश सरकारले कर्मचारी सम्बन्धी सहमति खोज्न विशेष समिति गठन गरेको छ ।

संसदमा पेश भएको कर्मचारी सम्बन्धी दुईवटा अध्यादेशको प्रतिस्थापन विद्येयकमाथि दफाबार छलफल गर्न र प्रतिवेदन पेश गर्न प्रदेश सरकारले १५ सदस्यीय विद्येयक व्यवस्थापन विशेष समिति गठन गरेको हो । प्रदेशसभाको हिजो साँझ बसेको बैठकले फागुन १० गते पेश भएको कर्मचारी सम्बन्धी अध्यादेशको प्रतिस्थापन विद्येयक दफाबार छलफलका गर्न विद्येयक व्यवस्थापन विशेष समिति गठन गरेको हो । सभामुख भुवन प्रसाद पाठकले दलीय सहमतिको आधारमा विद्येयक व्यवस्थापन विशेष समिति गठन गरिएको सदनलाई जानकारी गराउनुभएको छ ।

प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्तहरुको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विद्येयक फागुन १८ गतेभित्र पारित गर्नुपर्ने कानुनी बाध्यता भएकाले विद्येयकहरुमाथि दफाबार छलफल गरी सभासमक्ष प्रतिवेदन पेश गर्न १५ जना प्रदेशसभा सदस्य रहेको विद्येयक व्यवस्थापन समिति गठन गरिएको हो । सो समितिमा समितिमा प्रदेश सभा सदस्यहरु आशा लामा, उद्धब थापा, कुन्दनराज काफ्ले, छिरिङ दोर्जे लामा, जयराम थापा, डा.दिनेशचन्द्र देवकोटा, प्रकाश श्रेष्ठ, रामकृष्ण चित्रकार, रत्नप्रसाद ढकाल, राधिका तामाङ, बसन्तप्रसाद मानन्धर, शैलेन्द्रमान बज्राचार्य, मधुसुदन पौडेल, सिर्जना सायजु र सुरेन्द्रराज गोसाई रहेका छन् ।