
हेटौंडा । बागमती प्रदेशका रिक्त तीन वटा मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने भएका छन् ।
बागमतीमा हिजो राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिएको छ । खानेपानी, उर्जा तथा सिंचाईमन्त्री उद्धव थापाले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल समक्ष संयुक्त रुपमा राजीनामा बुझाउनुभएको हो । राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तमाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिनुभएको छ । तीन जनामन्त्रीले राजीनामा दिए पनि नयाँ गठबन्धनको तर्फबाट तत्काल मन्त्री नियुक्त नहुने भएको हो ।
राप्रपाले छाडेका तीन वटै मन्त्रालय अहिले मुख्यमन्त्री जम्कट्टेल आफैंँले सम्हाल्नुभएको छ । नयाँ सत्ता समिकरणमा नेपाली कांग्रेस र एकिकृत समाजवादी भित्रिएको भएपनि राष्ट्रपतिको निर्वाचनअघि नयाँ मन्त्री नियुक्त नहुने भएका हुन् ।