images
images

कालिञ्चोकमा यो वर्षको पहिलो हिमपात, जिल्लाभर वर्षा

  • १४ फाल्गुन २०७९, आईतवार १७:५१

जिरी (दोलखा) । दोलखाको पर्यटकीय तथा धार्मिक स्थल कालिञ्चोकमा हिमपात भएको छ ।

विगतको वर्षहरुमा पौष तथा माघ महिनामै हिमपात हुने गरेपनि यो वर्ष भने दोलखामा आज पहिलो पटक हिमताप भएको हो । कालिञ्चोकको कुरी क्षेत्रमा आज दिउँसो देखिनै हिउँ परिरहेको छ भने जिल्लाभर वर्षा भइरहेको छ । यो सँगै दोलखामा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ । वर्षा भएसँगै जिल्लाबासी कृषकहरु पनि हर्षित भएका छन् । कालिञ्चोक दोलखा सदरमुकामबाट चरिकोटबाट १७ किलोमिटर यात्रापछि पुग्न सकिन्छ । दोलखाको कालिञ्चोक, शैलुङ र जिरीको चेर्दुङ लगायतको क्षेत्र पर्यटकीय क्षेत्र हो ।