images
images

अभिनेता पल शाहले पाए सफाई, भोली रिहा हुने

  • १४ फाल्गुन २०७९, आईतवार १८:४३

काठमाडौं । अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका शाहलाई सफाइ दिएको हो । शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिनुभयो । पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले यसअघि बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।