images
images

सिन्धुपाल्चोकका दुई फरार अभियुक्त पक्राउ

  • १४ फाल्गुन २०८०, सोमबार ०७:५१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका दुई फरार अभियुक्त पक्राउ परेका छन् ।

जुगल गाउँपालिका–२ का आस्ता दोङ र सोही स्थानका धन बहादुर दोङ ज्यान मार्ने उद्योगमा पक्राउ परेका हुन् । यसअघि उनीहरु पक्राउ परेर सजाय तोकि सकेपछि फरार रहेका थिए । लामो समयदेखि फरार रहेका उनीहरुलाई प्रहरीले हिजो पक्राउ गरेको हो । उनी दुवै जना फरार रहेको करिब एक वर्षपछि पक्राउ परेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला कारागार चौतारा चलान गरिएको हो ।