images
images

आज महाशिवरात्रीः भगवान शिवको पुजा आरधना गरि मनाइँदै, शिवमन्दिरमा भक्तजनको भिड

  • १४ फाल्गुन २०८१, बुधबार ०७:२७

दोलखा । आज महाशिवरात्री पर्व भगवान शिवको पुजा आरधना गरि मनाइँदैछ ।

महाशिवरात्रीको अवसरमा पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा विधिपुर्वक पुजा आरधना एवम दर्शन गरि मनाउन लागिएको हो । वैदिक सनातन हिन्दु धर्मावलम्वीहरु आज बिहानैदेखि नदी, कुण्ड, तलाउमा स्नान गरि शिवालयमा गई श्रद्धा भक्तिपूर्वक पूजा आराधाना गर्ने गर्दछन् ।

शिवजी उत्पति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रुपमा शिव पुरायण लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । भक्तजनहरुले शिव मन्दिरमा पुजा अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।

महाशिवरात्रीको अवसरमा काठमाडौँको पशुपति, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगाएतका शिव मन्दिरहरुमा शिवको पुजा आरधाना गर्नेहरुको बिहानैदेखि भिड लागेको छ । दोलखाका पनि विभिन्न शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको घुँईचो लागेको छ ।

आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वास अनुसार घर, चोक तथा मठ मन्दिरमा धुनी जगाई भजनकिर्तन साथ आगोमा प्रसाद बनाई ग्रहण गर्ने प्रचलन पनि रहेको छ ।