images
images

मतदाता परिपचपत्र छैन ? यसरी हाल्न पाईन्छ भोट

  • १४ फाल्गुन २०८२, बिहीबार १२:१६

भक्तपुर । मतदाता नामावलीमा नाम भएका मतदाताले कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मतदाताले सरकारी कागजात देखाएर मतदान गर्न पाइने जनाएको छ । मतदाता परिचयपत्र साथमा नभए नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्र मध्ये कुनै पनि कागजात देखाएर मतदान गर्न पाईनेछ ।

यो निर्णयसहित अन्य पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र साथमा लिएर जानुपर्ने उल्लेख छ ।