images
images

नेपाली कांग्रेसका सभापति थापाले भने ‘नयाँ पार्टीको भ्रममा नपर्नु’

  • १४ फाल्गुन २०८२, बिहीबार १५:५९

भक्तपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पार्टीको नाममा कोलाहल र भ्रममा नपर्न मतदातालाई आग्रह गरेका छन् ।

सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संविधानलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो आग्रह गरेका हुन् । नयाँ मात्रै भनेर केही नहुने तर्क गर्दै थापाले नयाँको नाममा कोलाहल र भ्रममा नपर्न भनेका छन् ।

अर्को प्रसंगमा सभापति थापाले चुनावका बारेमा संशय पैदा गर्ने प्रयास भइरहेको बताएका छन् । संविधानलाई सहित दिशामा ल्याउनका लागि चुनावको विकल्प नभएको भन्दै चुनाव सफल बनाउन लागिरहेको बताएका छन् ।

सभालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले २०४६ पछिका सबै काण्डको छानबिन गरेर कारबाही गर्ने बताएका छन् । पाँच वर्ष परिवर्तन र बदलावको वर्ष बनाउने दाबी गर्दै सभापति थापाले सहयोग गर्न मतदातालाई अपिल गरेका छन् ।