भक्तपुर । कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद जोगिएको छ ।
सर्वाेच्च अदालतले शर्माको पक्षमा आदेश दिएसँगै उनको सांसद पद जोगिएको हो । पद खारेज गर्ने निर्णय विरुद्ध शर्मा आज सर्वोच्च अदालत गएका थिए।
अदालतले अन्तरिम आदेश जारी गर्दै सांसद पद यथावत कायम राख्ने आदेश दिएको प्रलोपाका नेता जनार्दन शर्माले जानकारी दिएका छन् । प्रलोपाका कर्णाली प्रदेश इन्चार्ज समेत रहेका शर्माको पद अन्तिम टुङ्गो नलागेसम्म पद कायम राख्न अन्तरिम आएको हो ।
यसअघि तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक पार्टीको पक्षमा खुलेको भन्दै उनलाई कारबाही गरेको थियो ।










