images
images

लापिलाङमा दुई घरमा आगलागि, लाखौंको क्षति

  • १२ चैत्र २०७८, शनिबार ०९:४३

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा आगलागिका कारण दुई घर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङस्थित पोखरे गाउँका विकास थापा र कृष्ण बहादुर थापाको घर जलेर पुर्ण रुपमा नष्ट भएको हो । आगलागिका कारण लाखौंको क्षति भएको छ । आज बिहान कृष्ण बहादुरको घरमा खाना पकाउन बालेको आगो सल्कीएर दुई घरमा आगलागि भएको दोलखा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो । बिहान साँढे ८ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङका वडाध्यक्ष सुवास थामीले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।