images
images

नेपाल राष्ट्रिय कर्मचारी महासंघ दोलखाको अध्यक्षमा केसी

  • १२ चैत्र २०७८, शनिबार १६:४४

दोलखा । नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला कार्यसमिति दोलखाको जिल्ला अधिवेशनले सुवास केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । सदरमुकाम चरिकोटस्थित हाम्रो रेडियोको सभाहलमा आज आयोजित अधिवेशनले केसीको अध्यक्षमा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । कार्यसमितिको सचिवमा रोशन शिवाकोटी चयन भएका छन् ।

कर्मचारी संगठन निजामतीको अध्यक्षमा श्रेष्ठ

नेकपा माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति दोलखाको छैटौ जिल्ला अधिवेशन गणेश श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सदरमुकाम चरिकोटस्थित हाम्रो रेडियोको सभाहलमा आज सम्पन्न अधिवेशनले श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा रश्मि रिमाल, सचिवमा चण्डिका उप्रेती र कोषाध्यक्षमा भवानी राउत सर्वसम्मत चयन भएका छन् । अधिवेशनको अवसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमितिलाई लामो समयसम्म चलायमान बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै संगठनका संस्थापक अध्यक्ष जनकराज शिवाकोटी, केन्द्रीय सदस्य जगत उपाध्याय र नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाईलाई सम्मान गरिएको छ ।

छैटौ जिल्ला अधिवेशनले अर्जुन प्रसाद चौलागाई, गणेश श्रेष्ठ र रश्मि रिमाललाई केन्द्रीय प्रतिनिधि पनि छनोट गरेको छ । सम्मेलनको सदरमुकाम चरिकोटस्थित हाम्रो रेडियोको सभाहलमा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य, पुर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्र दोलखाकी इन्चार्ज देवि खड्काले उद्धघाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रीय उपाध्यक्ष अम्बदत्त भट्ट, केन्द्रीय सदस्य जगत उपाध्याय, नेकपा माओवादी केन्द्र वैतेश्वर गाउँपालिकाका अध्यक्ष भीम बहादुर श्रेष्ठ लगायतका संगठनमा आवद्ध कर्मचारीको सहभागिता रहेको थियो ।