images
images

वागमती प्रदेशका वनमन्त्रीको दौडधुपः विद्यालयको वार्षिक उत्सवदेखि कँराते प्रशिक्षणसम्म

  • १२ चैत्र २०७८, शनिबार २२:२२

दोलखा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का गृह जिल्ला आए लगत्तै राजनीतिक तथा सामाजिक कार्यक्रममा व्यस्त देखिएका छन् ।

शुक्रवार दोलखा आएका मन्त्री खड्काले सनिवार एकैदिन चार वटा औपचारीक कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सहभागिता जनाएका छन् । नेकपा माओवादी केन्द्रका युवा नेता समेत रहेका मन्त्री खड्काले माओवादी केन्द्रको वडा भेलादेखि बिद्यालयको वार्षिक उत्सव र नेपाल वादेरियो कँराते डो संघको कार्यक्रममा समेत प्रमुख अतिथिकोरुपमा सहभागिता जनाएका हुन् । सनिवार विहान भीमेस्वर नगरपालिका वडा नम्बर ५ को वडा भेलामा पुगेका मन्त्री खड्का दिउँसो गौरीशंकर गाउँपालिकाको जुँगुमा आयोजित दुई वटा कार्यक्रममा प्रमुख अतिथिकोरुपमा पुगेका थिए ।

गृह गाउँ समेत रहेको जुँगुमा पुगेर मन्त्री खड्काले निलकण्ठेस्वर माविको ६० औं वार्षिक उत्सव तथा ३० औं अभिभावक दिवसको उद्घाटन गरेका थिए । सो क्रममा मन्त्री खड्काले निलकण्ठेस्वर माविलाई प्रदेश सरकारले नमूना आवासीय माविकोरुपमा अघि बढाउन खोजेको बताएका थिए । मन्त्री खड्काले गौरीशंकर गाउँपालिका वडा नम्बर २ स्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयको पनि आजै उद्घाटन गर्नुभएको छ । भीमेस्वरवाट गौरीशंकरको जुँगु पुगेर दुई वटा कार्यक्रममा सहभागि भएर मन्त्री खड्काले बेलुकी भीमेस्वर नगरपालिका ८ स्थित बोचमा आयोजना गरिएको नेपाल वादेरियो कँराते डो संघको विशेष प्रशिक्षण तथा राष्ट्रिय रेफ्रि समिनारको उद्घाटन गरेका छन् ।

बागमती प्रदेशको वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहेपनि मन्त्री खड्का पछिल्लो समय लगातार गृह जिल्ला दोलखा आउने गरेका छन् । मन्त्री खड्काले जिल्ला आयोजना हुने राजनीतिक तथा गैर राजनीतिक कार्यक्रमलाई प्राथमिकता दिने गरेका छन् । अघिल्लो सातापनि मन्त्री खड्का प्रदेश सरकार अर्थ र वन तथा वातावरण मन्त्रालयका सचिवलाई समेत लिएर लापिलाङ पुगेका थिए । मन्त्री खड्काकै पहलमा बागमती प्रदेश सरकारले लापिलाङको पहिरो नियन्त्रण तथा रोकथामकालागि बजेट विनियोजन गरी तत्कालै काम गर्ने तयारी गरिरहेको छ । मन्त्री खड्का भोली पनि दिनभर बिभिन्न कार्यक्रममा सहभागी हुने स्वकीय सचिव रोशन खड्काले जानकारी दिनुभयो ।