
जिरी (दोलखा) । दोलखास्थित मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ गतेदेखि आईपिओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ निष्कासन गरेपछि अब सर्वसाधारणका लागि आईपिओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यको १४ लाख ४९ हजार ४०० कित्ता निष्कासन गर्न लागेको हो । जसमध्य ८० हजार ७० कित्ता शेयर सामुदायिक लगानी कोषहरुका लागि र ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ३७ हजार ३ सय २ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । सो आईपिओमा न्युनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
निष्कासन बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा २०८० साल बैशाख ३ गते हुनेछ । आईपिओ निष्कासनको लागि गराएको रेटिङमा केयर नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।