images
images

भीमेश्वर नगरपालिकाका ८ सय १४ घरपरिवार गरिवको सुचीमा सुचिकृत

  • १२ चैत्र २०७९, आईतवार १८:४०

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका ८ सय १४ घरपरिवार गरिवको सुचीमा सुचिकृत भएका छन् ।

नगरपालिकाले गरिव घरपरिवारको प्रारम्भिक सुची प्रकाशन गरेको हो । जसअनुसार भीमेश्वर नगरपालिकाको वडा नम्बर १ मा ४० घरपरिवार अति गरिवको सुचीमा सुचिकृत भएका छन् भने ८१ घरपरिवार मध्यम गरिव र ९३ घरपरिवार सामान्य गरिवको सुचीमा समावेश भएका छन् । वडा नम्बर २ मा १४ घरपरिवार अति गरिव, ३० घरपरिवार मध्यम गरिव र ४३ घरपरिवार सामान्य गरिव छन् । यस्तै वडा नम्बर ३ मा २ घरपरिवार अति गरिव, ८ घरपरिवार मध्यम गरिव र १२ घरपरिवार सामान्य गरिवको सुचीमा समेटिएका छन् ।

प्रारम्भिक सुची अनुसार भीमेश्वर नगरपालिका वडा नम्बर ४ मा १४ घरपरिवार अति गरिव, ३० घरपरिवार मध्यम गरिव र २२ घरपरिवार सामान्य गरिवको सुचीमा सुचिकृत भएका छन् भने वडा नम्बर ५ मा ५ घरपरिवार अति गरिव, ३१ घरपरिवार मध्यम गरिव र २४ घरपरिवार सामान्य गरिवको सुचीमा समेटिएका छन् । यसैगरी वडा नम्बर ६ मा ११ घरपरिवार अति गरिव, २० घरपरिवार मध्यम गरिव र २४ घरपरिवार सामान्य गरिवको सुचीमा सुचिकृत भएका छन् ।

नगरपालिकाको वडा नम्बर ७ मा २५ घरपरिवार अति गरिव, ३४ घरपरिवार मध्यम गरिव र ४९ घरपरिवार सामान्य गरिवको सुचीमा समावेश भएका छन् भने वडा नम्बर ८ मा ३ घरपरिवार अति गरिव, १३ घरपरिवार मध्यम गरिव र २१ घरपरिवार सामान्य गरिवको सुचीमा समावेश भएका छन् । यस्तै वडा नम्बर ९ मा ३३ घरपरिवार अति गरिव, ५१ घरपरिवार मध्यम गरिव र ६५ घरपरिवार सामान्य गरिवको सुचीमा सुचिकृत भएका हुन् । गरिव घरपरिवारको सुचीमा नपरेकाहरुले कार्यालयमा प्रयाप्त आधार र कारण सहितको गुनासो दर्ता गराउन सक्ने भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेलले जानकारी दिनुभयो ।