
काठमाडौं । काभ्रेपलाञ्चोकका जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।
उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्धामा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपलि बोहराले जनाकारी दिनुभयो । काभ्रेपलाञ्चोकमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको छ । उनलाई काठमाडौं वृत्त बानेश्वरले पक्राउ गरेको हो ।