images
images

काभ्रेपलाञ्चोकमा बाबुले चलाएको ट्रकले किच्दा ३ वर्षीया छोरीको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा बाबुले चलाएको ट्रकले किच्दा ३ वर्षीया छोरीको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका –४ मा बा ४ ख ८५९२ नंवाको महेन्द्र निशान ट्रकले किच्दा ३ वर्षीया समीक्षा बरालको मृत्यु भएको हो । स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका सरोज बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेको थियो ।

समीक्षाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड़काले जानकारी दिनुभयो । सिन्धुली गोलन्जोर गाउँपालिका –१ घर भएका बराल नालामा परिवारसहित बस्दै आएक थिए । ट्रकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।