images
images

सरकारको निर्णय विरुद्ध कुलमान घिसिङ सर्वाेच्चमा

  • १३ चैत्र २०८१, बुधबार १८:०४

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वाेच्चमा रिट पेस गरेका छन् ।

प्राधिकरणबाट पदमुक्त भएपछि घिसिङ आफुलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वाेच्च पुगेका हुन् । वारेसमार्फत घिसिङको रिट आएको सर्वाेच्च अदालतका प्रवक्ता अच्युत कुँईकेलले जाानकारी दिनुभयो । घिसिङले सरकारको निर्णय बदर गरी आँफुलाई पुनस्थापना गर्नुपर्ने माग गरेका छन् । सर्वाेच्चमा दायर रिट निवेदनमा नेपाल सरकार, उर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगाएतलाई विपक्षी बनाईएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गर्दै प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको थियो ।