images
images

राजावादी विरुद्ध हजारौं मानिस सडकमा उतारेर भव्य प्रदर्शन गर्ने समाजवादी मोर्चाको तयारी

काठमाडौं । यही चैत १५ गते काठमाडौंमा समाजवादी मौर्चाले सरकार र राजावादी विरुद्ध भव्य प्रदर्शन गर्ने तयारी गरेको छ ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी नेपाल, नेपाल कम्यूनिष्ट पार्टी सम्मिलित समाजवादी मोर्चाको बैठकले प्रदर्शनलाई हजारौं मानिस सडकमा उतारेर भव्य बनाउने निर्णय गरेको हो । यतिबेला गणतन्त्रवादी र राजावादी आमने सामनेको अवस्थामा छन् । समाजवादी राजावादी र सरकार विरुद्ध बलियो ढंगले उत्रँदैछ । चारदलीय समाजवादी मोर्चाले चैत १५ गते गर्ने प्रदर्शनको नारा पनि तय गरेको छ ।
नारामा भ्रष्टाचारको विरोध, कुलमान घिसिङको विषय लगायत समेटिएको छ । यस्तै प्रदर्शनको लागि राजधानीका विभिन्न स्थानबाट शान्तिबाटिकामा ११ बजे भेला हुने र त्यहाँ एकीकृत भएर भृकुटी मण्डपमा पुगी सभामा परिणत हुने तय भएको छ । प्रदर्शनमा १ लाख शुभेच्छुक र समर्थक उतार्ने समाजवादीको लक्ष्य रहेको मोर्चाका नेता महेन्द्र राय यादवले जानकारी दिनुभयो ।
गणतन्त्र पक्षधर र राजावादीको एकैदिन प्रदर्शन हुने भएपछि सरकारले फरक–फरक दुई स्थानका लागि प्रदर्शन अनुमती दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले समाजवादी मोर्चालाई भृकुटीमण्डपमा प्रदर्शन अनुमति दिएको छ ।