images
images

दोलखामा निर्वाचनः पालिका प्रमुखका लागि सबैभन्दा बढी विगुमा १२ जनाको उम्मेदवारी दर्ता

  • १३ बैशाख २०७९, मंगलवार १०:२०

जिरी (दोलखा) । दोलखामा पालिका प्रमुख पदका लागि विगु गाउँपालिकामा सबैभन्दा बढी १२ जनाको उम्मेदवारी परेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विगुमा जिल्लाभरमै सबैभन्दा बढी पालिका प्रमुखको उम्मेदवारी परेको हो । जिरी नगरपालिकामा सबैभन्दा कम ४ जनाले नगरप्रमुखका लागि उम्मेदवारी दर्ता हुँदा विगु गाउँपालिकामा १२ जनाले पालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । ठूला दलमध्ये एमालेले एकल उम्मेदवारी दिएको र सत्तारुढ गठबन्धन दलहरु पनि मिलेर गएको अवस्थामा समेत विगुमा पालिका अध्यक्षका लागि यति धेरैको उम्मेदवारी परेको छ । जसले गर्दा साना दलहरुले पनि पालिका अध्यक्षमा दावी कायम राखेको देखिएको छ ।

स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेको संख्या बढी रहेकाले पालिका प्रमुखको उम्मेदवारी दर्ता गर्नेको संख्या विगुमा बढी भएको विगु गाउँपालिकाका निर्वाचन अधिकृत शिवकुमार पोखरेलले जानकारी दिनुभयो । विगुमा पालिका अध्यक्षका लागि ६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

जिरी नगरपालिकामा सबैभन्दा कम ४ जनाले नगरप्रमुखका लागि उम्मेदवारी दर्ता हुँदा विगु गाउँपालिकामा १२ जनाले पालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेको संख्या बढी रहेकाले पालिका प्रमुखको उम्मेदवारी दर्ता गर्नेको संख्या विगुमा बढी भएको विगु गाउँपालिकाका निर्वाचन अधिकृत शिवकुमार पोखरेलले जानकारी दिनुभयो । विगुमा पालिका अध्यक्षका लागि ६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

यसैगरी विगुपछि जिल्लाको मेलुङ गाउँपालकामा पालिका अध्यक्षका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ भने कालिञ्चोक गाउँपालिकामा १०, बैतेश्वर गाउँपालिका र भीमेश्वर नगरपालिकामा ९/९ जना, गौरीशंकर र शैलुङ गाउँपालिकामा ८, तामाकोशी गाउँपालिकामा ६ र जिरी नगरपालिकामा सबैभन्दा कम ४ जनाको उम्मेदवारी परेको छ ।

जिल्लाको ९ वटै स्थानीय तहमा प्रमुख तथा अध्यक्ष पदका लागि ७७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।