images
images

दोलखामा उम्मेदवारविरुद्ध दावी विरोधको शून्य उजुरी

  • १३ बैशाख २०७९, मंगलवार २१:०६

जिरी (दोलखा) । दोलखामा मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध कसैको पनि उजुरी परेको छैन ।

आयोगले आगामी बैशाख ३० गते हुने पालिका निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरु विरुद्ध उजुरी दिनका लागि आजको मिति तोकेकोमा सो अवधिमा दोलखामा कसैको पनि उजुरी नपरेको हो । जिल्ला निर्वाचन कार्यालय दोलखाले निर्वाचन आयोग नेपालको स्थानीय तह सदस्य निर्वाचन २०७९ को कार्यतालिका बमोजिम आज सञ्चालन भएको दावी विरोध कार्यक्रममा हिजो सम्पन्न मनोनयन पत्र दर्ता उपर कुनै पनि उजुरी नपरेको जानकारी दिएको छ । भोलि र पर्सि मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

विहिवार अर्थात १५ गते बेलुकी पाँच बजेसम्ममा मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन हुनेछ । १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।