images
images

रामेछापमा आगोले जलेर गम्भीर घाईते भएकी महिलाको मृत्यु

  • १४ बैशाख २०८१, शुक्रबार ०८:१५

रामेछाप । रामेछापमा आगोले जलेर गम्भीर घाईते भएकी महिलाको मृत्यु भएको छ ।

मन्थली नगरपालिका–११ काउले डाँडागाँउका सुरजसिंह तामाङकी ४२ वर्षीया श्रीमती साईलीमाया तामाङको खाना पकाउने क्रममा जलेर मृत्यु भएको हो । हिजो खाना पकाउने क्रममा उनको शरीरमा आगो सल्केको थियो । शरीरमा आगो सल्किएपछि जलेर उनी गम्भीर घाईते भएकी थिइन् । गम्भीर घाईते भएकी उनको काठमाडौँस्थित किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको रामेछापका सूचना अधिकारी दिनेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ ।